असोज २९ देखि कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द हुने
मुग्लिन (चितवन) । मर्मत सम्भारका लागि मनकामना केबलकार यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते तीन दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउने छ ।
२०५५ साल मङ्सिर ८ गतेदेखि गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको् प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया