काठमाडौं । सेयरबजारमा बुधबार परिसूचक नेप्से ४३ दशमलव २२ अंकले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा कायम भएको छ । पाँच अर्ब ६६ करोड दुई लाख ३७ हजार रुपैयाँ बढीको एक करोड ३२ लाख २४ हजार तीन सय २२ कित्ता सेयर किनबेच भएको छ ।
अधिकंश बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेपछि त्यसको प्रभाव सेयरबजारमा देखिएको हो । ब्याजदर घट्दा सेयरबजारमा सकारात्मक असर पर्छ । किनभने ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्न जान्छ र कम्पनीहरुको नाफा बढ्ने सम्भावना हुन्छ । यस्तै ब्याज सस्तो हुँदा बैंकमा निक्षेप राखेर ब्याज खानेहरुले सेयर किन्न थाल्छन् । यस्तै उपभोग बढ्न जान्छ र कम्मनीहरुको आम्दानी बढ्न जान्छ । यही कारण बजारमा सेयरको माग बढ्न गई मूल्य वृद्धि हुन्छ ।
कर्जाको ब्याज एकल अंकमा झरिसकेको छ । यस्तै बैंकिङ प्रणालीमा लगानी योग्य रकम सात खर्ब हाराहारी पुगेको छ । यसले पनि सेयरबजारमा लगानीकर्तालाई आकर्षित गरेको छ ।
बुधबार कारोबार भएका दुई सय ४४ कम्पनीमध्ये दुई सय छ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । बजार बढेपनि ३५ कम्पनीका सेयरधनीले गुमाएका छन भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
विजया लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै नौ दशमलव ३३ प्रतिशत बढेको छ । त्यसपछि इस्टर्न हाइड्रोपावरको सेयरमूल्य नौ दशमलव २४ प्रतिशत बढेको छ । अपर स्याङ्गे हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।
बजार पुँजीकरण ४३ खर्ब ६१ अर्ब रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको सेयरको बजार पुँजीकरण १५ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएकोे छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया