Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजीवनको आधार, खाद्य अधिकार

जीवनको आधार, खाद्य अधिकार


काठमाडौं । प्रत्येक वर्ष १६ अक्टोबरको दिन विश्व खाद्य दिवस मनाइन्छ । यसै सन्दर्भमा यस वर्षको खाद्य दिवसको मूल नारा भने ‘सुखी जीवन र सुमन्नत भविष्यको लागि खाद्य अधिकार’ नेपाली नारा रहेको छ । त्यसरी नै अङ्ग्रेजीको मूल नारा भने राइट् टु फुड फर अ बेटर लाइफ एन्ड अ बेटर फ्युचर रहेको छ । यसैक्रममा भन्ने नै हो भने विश्वलगायत देशभर विभिन्न कार्यक्रम गरी ४४औँ विश्व खाद्य दिवस मनाइन्छ । सो आयोजनामा विश्वव्यापीरूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जोगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न विश्वभर नै यो दिवस मनाउँदै आएको जनाएको छ । त्यसका साथै किसानले भोग गरेको जग्गामध्ये सिँचाइ सुविधा ५४ दशमलव चार प्रतिशतमा मात्र रहेको छ । तर, विश्वव्यापीरूपमा रहेका चुनौतीलाई सामना गर्न समसामयिक नारा तय गरिएको सम्बन्धित निकायले जनाएको छ । जुन हाल विश्वव्यापीरूपमा सिँचाइयोग्य जमिनले २० प्रतिशत खेतीयोग्य जमिनबाट ४० प्रतिशत खाद्यान्न उत्पादन भइरहेको एफएओका प्रमुख डा. स्यु डोम्युद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ । जसमा हेर्ने हो भने दिगो विकासका लक्ष्य हासिल गर्नका लागि सन् २०३० को एजेन्डा हासिल गर्ने मुख्य केन्द्रविन्दु पानी रहेको सम्बन्धित क्षेत्रले जनाएको छ । यसरी शताब्दीयौँअघि, मानवजातिको आविष्कारशील प्रकृतिले किसानहरूलाई बाली सिँचाइ गर्ने तरिकाहरू पत्ता लगाउन प्रोत्साहित ग‍¥यो । जसले कृषि र आसिन समुदायहरूलाई जन्म दियो । यसले क्रान्ति ल्यायो कसरी मानिसहरूले खाना उत्पादन गरे र संसारभरि विभिन्न सभ्यताहरूलाई जन्म दिए । आज, सिँचाइ रोमाञ्चक नदेखिन सक्छ । तर शताब्दीयौँअघि यो विधि कृषिलाई परिवर्तन गर्ने प्रमुख आविष्कारहरूमध्ये एक थियो, विशेषगरी ती क्षेत्रहरूमा जहाँ मौसम कठोर थियो र वर्षा दुर्लभ थियो ।

विश्वकै इतिहास हेर्ने हो भने पनि दोस्रो विश्वयुद्धपछिको समयमा खाद्यान्न खोजीमा लाखौँ मान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा अनि एउटा देशबाट अर्कोमा बसाइँसरेको देखिन्छ, बसाइँसराइ र खाद्यान्नको सुरक्षा एउटा गहन सम्बन्ध भएको तथ्य हो । एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दा आगमनविन्दुमा भएको सीमित खाद्यान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाद्यान्न संकट विकसित ठाउँमा झन् धेरै हुने सम्भावना छ । जुन पृथ्वीमा केही ठाउँहरू छन्, जहाँ मानिसहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त मात्रामा पानी पहुँचयोग्य छ । सन् २०५० सम्ममा विश्वको जनसंख्या नौ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएकाले विश्वको बढ्दो जनसंख्यालाई स्वस्थ, समान र दिगोरूपमा खाद्यान्न खुवाउन बढीभन्दा बढी खाद्यान्न उत्पादन गर्नु आवश्यक छ । वस्तुतः देशमा सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकारको महत्वपूर्ण भूमिका छ । जुन खाद्य अधिकारले प्रत्येक व्यक्तिलाई पर्याप्त, पोषणयुक्त र सुरक्षित खाद्य पदार्थमा पहुँच सुनिश्चित गर्न मद्दत गर्दछ । यस अर्थमा हामी खाद्य अधिकारको अवधारणा, राष्ट्रको वर्तमान अवस्था, चुनौतीहरू र समाधानका उपायहरूबारे विस्तृतरूपमा चर्चा गरिएको छ । जसमा खाद्य अधिकार मानव अधिकारको एक महत्वपूर्ण पक्ष हो । यसले प्रत्येक व्यक्तिलाई पर्याप्त मात्रामा पोषणयुक्त खाद्य पदार्थमा पहुँचको सुनिश्चितता दिन्छ । खाद्य अधिकारको अवधारणा सन् १९४८ मा संयुक्त राष्ट्र संघको मानव अधिकार घोषणापत्रमा समावेश गरिएको थियो । यसले खाद्य सुरक्षाको चार प्रमुख स्तम्भहरू समेट्छः उपलब्धता, पहुँच, क्रयशक्ति र दिगोपन उल्लेख गरिएको छ ।

विश्वव्यापीरूपमा हेर्ने नै हो भने खाद्य अधिकारलाई सामान्यतः ‘हरेक व्यक्तिलाई पर्याप्त मात्रामा, गुणस्तरीय, पौष्टिक र सुरक्षित खानासम्म पहुँचको अधिकार’ भनेर बुझिन्छ । यसको उद्देश्य कुनै पनि व्यक्ति खाद्य असुरक्षाको शिकार हुन नपरोस् भन्ने हो । जसमा भन्ने हो भने खाद्य अधिकारले खाद्य उत्पादन, वितरण र पहुँचका सन्दर्भमा नीति निर्माण, कानुनी र संरचनात्मक व्यवस्था सुदृढ गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्छ । जुन संयुक्त राष्ट्र संघको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय करार (आईसीइएससीआर) ले खाद्य अधिकारलाई आधारभूत मानव अधिकारका रूपमा स्थापित गरेको छ ।

मुलुकको वर्तमान अवस्थालाई अवलोकन गर्ने हो भने देशमा खाद्य सुरक्षाको अवस्था मिश्रित छ । यसको साथसाथै केही क्षेत्रमा खाद्य पदार्थको पर्याप्तता भए पनि अन्य क्षेत्रमा खाद्य असुरक्षा व्याप्त छ । जबकि देशमा ४६ लाख जनसंख्यालाई खाद्य असुरक्षा रहेको छ  । यसले विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरूलाई प्रभावित गरेको छ । जुन खाद्य असुरक्षाको मुख्य कारणहरूमा गरिबी, बेरोजगारी र प्राकृतिक प्रकोपहरू समावेश रहेका छन् । त्यसरी नै देशमा खाद्य अधिकारको सुनिश्चिततामा विभिन्न चुनौतीहरू रहेका छन् । त्यसमा पहिलो गरिबी र बेरोजगारीले मानिसहरूको क्रयशक्ति कम गर्छ । जसले गर्दा उनीहरूलाई पर्याप्त खाद्य पदार्थ खरिद गर्न कठिनाइ हुन्छ । त्यस्तैगरी प्राकृतिक प्रकोपहरूमा बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपहरूले कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्छ, जसले खाद्य असुरक्षा बढाउँछ । जसमा अपर्याप्त कृषि प्रविधिमा परम्परागत कृषि प्रविधिको प्रयोगले उत्पादनशीलता कम हुन्छ, जसले खाद्य पदार्थको उपलब्धता घटाउँछ । खाद्य वितरण प्रणालीको कमजोरीमा खाद्य पदार्थको वितरण प्रणालीमा कमजोरीले ग्रामीण क्षेत्रका मानिसहरूलाई खाद्य पदार्थको पहुँचमा समस्या हुन्छ । त्यसरी नै मुलुकमा खाद्य अधिकारको सुनिश्चितताका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ । जसमा भन्ने नै हो भने कृषि प्रविधिको सुधारमा आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनशीलता बढाउन सकिन्छ । यसका लागि सरकारले किसानहरूलाई प्रविधि, बीउ, मल र सिँचाइको सुविधा उपलब्ध गराउनुपर्छ । त्यसरी नै खाद्य वितरण प्रणालीको सुधारमा खाद्य पदार्थको वितरण प्रणालीलाई सुधार गरेर ग्रामीण क्षेत्रका मानिसहरूलाई खाद्य पदार्थको पहुँच सुनिश्चित गर्न सकिन्छ । त्यस्तै, गरिबी निवारण कार्यक्रमः गरिबी निवारणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मानिसहरूको क्रयशक्ति बढाउन सकिन्छ । र प्राकृतिक प्रकोप व्यवस्थापनमा प्राकृतिक प्रकोपहरूको प्रभावलाई कम गर्नका लागि पूर्वतयारी र व्यवस्थापन प्रणालीलाई सुदृढ गर्नुपर्छ ।

निष्कर्षमा भन्ने नै हो भने देशमा सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकारको सुनिश्चितता अत्यन्त आवश्यक छ । यसका लागि सरकार, गैरसरकारी संस्था र समुदायको संयुक्त प्रयास आवश्यक छ । खाद्य अधिकारको सुनिश्चितताले मात्र नेपालमा सबै नागरिकलाई सुखी र समुन्नत जीवन प्रदान गर्न सकिन्छ । तसर्थ, विश्व खाद्य दिवस खाद्य सुरक्षा र पोषणका चुनौतीहरूको बारेमा चेतना जगाउने र सबैका लागि राम्रो खाद्य प्रणाली सिर्जना गर्न मानिसहरूलाई कार्य गर्न प्रोत्साहित गर्ने महत्वपूर्ण अवसर पनि हो । यसर्थ, खाद्यान्नमा रहेको फोहोर हटाएर, दिगो कृषिलाई समर्थन गरेर र खाद्य सुरक्षा र पोषणको वकालत गरेर, हामीले एउटा यस्तो संसार बनाउन मद्दत गर्न सक्छौँ, जहाँ सबैले स्वस्थ र उत्पादनशील जीवन बिताउन आवश्यक पर्ने खानामा पहुँच गर्न सक्छन् । यसर्थ, विश्वव्यापीरूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट प्रभाव वर्गको उत्थानका लागि विश्वभर खाद्य दिवस मनाइन्छ । अतः कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दीर्घकालीनरूपमा कुपोषित हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x