‘गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बताएका हुन् । बैठकमा बिम्स्टेकमा सहभागी सबै सात सदस्य राष्ट्रहरू बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान र नेपालका प्रतिनिधिहरू बैठकमा सहभागी भएका थिए ।
मन्त्री अधिकारीले ‘बिमस्टेकले सदस्य राष्ट्रहरूलाई गरिबी निवारणमा सहकार्य र सहयोग गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको बताए । नेपालले यस छलफलको माध्यमबाट सदस्य राष्ट्रहरूसँग गरिबी घटाउने संयुक्त प्रयासमा यस क्षेत्रमा संयुक्त र एकीकृत समाधान निकाल्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाइ छ ।
नेपालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिव श्रीराम ठाकुरको नेतृत्वमा आयोजना गरिएको यस बैठकमा गरिबी निवारणका विभिन्न मुद्दाहरूमा विचार विमर्श गरिएको छ । बैठकले सदस्य राष्ट्रहरूबीच गरिबी घटाउने उपायहरू, सफलताहरू र चुनौतीहरूमा छलफल गरी अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेको छ र आगामी सचिवस्तरीय र मन्त्रिस्तरीय बैठकको सम्बन्धमा सहमति जुटाउने काम सम्पन्न गरेको छ ।
बैठकमा विभिन्न राष्ट्रहरूले आफ्नो गरिबी निवारणका रणनीतिहरू र उपलब्धिहरू प्रस्तुत गरेका थिए । नेपालले आफ्नो तर्फबाट पनि गरिबी निवारणसम्बन्धी आफ्नो रणनीति र चुनौतीका साथै कृषि र रोजगारी सिर्जनामा आधारित गरिबी निवारणका कार्यक्रमहरूबारे जानकारी गराएको सहसचिव श्रीराम ठाकुरले जानकारी दिए । त्यसैगरी गरिबी निवारणका सन्दर्भमा नवीनतम रणनीतिहरू, साझेदारीका अवसरहरू र दीर्घकालीन समाधानहरूबारे सदस्य राष्ट्रहरूको एकढिक्का भएको सहसचिव ठाकुरको भनाइ छ । बैठकमा सहभागी विज्ञहरूले आफ्नो–आफ्नो देशका गरिबी घटाउने प्रयासहरूको समीक्षा गर्दै भविष्यका रणनीतिहरूको खाका तयार गरको मन्त्रालयले जनाएको छ । यस बैठकबाट आउने निष्कर्षहरू र सुझावहरूले बिमस्टेक क्षेत्रीय सहयोगमार्फत गरिबी निवारणका थप प्रभावकारी उपायहरू लागू गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया