Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशजनसचेतना साकोस वैतेश्वरको निर्वाचन स्थगित

जनसचेतना साकोस वैतेश्वरको निर्वाचन स्थगित


दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको बुधबारका लागि तोकिएको निर्वाचन स्थगित भएको छ । संस्थाको अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चुनिए पनि बाँकी तीनवटा पद, कोषाध्यक्ष, लेखा संयोजक र एक सञ्चालक खुला सदस्यको चयनको लागि असोज ३० गते निर्वाचन तोकिएको थियो । तर उक्त निर्वाचनमा संस्थाको हालको निर्वाचन प्रक्रियाको सम्बन्धमा सहकारी ऐन, नियमावलीका प्रावधानहरूको बारेमा दुविधा उत्पन्न भएको भन्दै निराकरणका लागि बागमती प्रदेश सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रदेश सहकारी महाशाखाको आधिकारिक धारणा माग गरिएको भए पनि संस्थामा हालसम्म उक्त आधिकारिक धारणा नआएको भन्दै सरोज उप्रेती संयोजक रहेकोे निर्वाचन उपसमितिले बुधबार लागि बिहान ८ बजेदेखि ४ बजेसम्मको लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी सहकारीको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसअघि सहकारीको उपाध्यक्ष रहेका श्रेष्ठ निर्विरोध अध्यक्ष चयन भएका हुन् । सहकारीको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद दाहाल, सचिवमा भरत केसी र सहचिवमा शिवराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यतर्फ मेलुङ र शैलुङ गाउँपालिकाबाट सन्तोष विमली, वैतेश्वरको महिला सदस्यमा उर्मिला गौतम, खुला सदस्यमा केदारप्रसाद दाहाल, भीमेश्वर नगरपालिकाको सदस्यमा नारायण बस्नेत, विगु, कालिञ्चोक र गौरीशंकर क्षेत्रको पुरुषतर्फ पदमबहादुर पाण्डे र महिला सदस्यमा सिर्जना घिमिरे, तामाकोशी र जिरी क्षेत्रको सदस्यमा ज्ञानबहादुर तामाङ, दलित जनजातितर्फ अमृत शेर्पा र खुला महिला सदस्यमा विमला दाहाल (घिमिरे) पनि निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसम्मत हुन नसकेको कोषाध्यक्षका लागि राजेन्द्रप्रसाद ढुंगेल र हरिबहादुर पाण्डेको उम्मेदवारी परेको छ । लेखासुपरीवेक्षण समितिको संयोजकमा प्रशान्त चौंलागाई र कल्याण दाहाल तथा खुला सदस्यमा सन्तोष भुजेल र सोमप्रसाद घिमिरेको उम्मेदवारी परेको छ । निर्वाचन उपसमितिले निर्वाचन हुने भनिएका बाँकी पदमा बागमती प्रदेश सहकारी मन्त्रालय र महाशाखाको आधिकारिक धारणासहितको पत्र प्राप्त भएपछि मात्रै निर्वाचनको समय तोक्ने जनाएको छ । जिल्लाकै ठूलो र आर्थिकरूपमा अब्बल रहेकोे जनसचेतनको ३१औँ वार्षिक साधारणसभा यही कात्तिक २ गतेदेखि एकाइगतरूपमा सुरु हुँदैछ । संस्थाको भदौ मसान्तसम्मको कुल दायित्व दुई अर्ब ६४ करोड ३५ लाख १६ हजार छ सय ५० रुपैयाँ रहेकोे संस्थाले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x