छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित सडकमा महेन्द्रनगरबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ना.८ ख १०७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, २१ वर्षीय सहदेव बोहरा, उनकै श्रीमती २० वर्षीया कमला बोहरा र उनकै नाबालक छोराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १२ जनामध्ये १० जनालाई थप उपचारको लागि धनगढी कैलालीतर्फ पठाइएको छ भने २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुलीको मरिण गाउँपालिका–७ ठाँटीस्थित सडकमा सिन्धुलीबाट छापतर्फ आउँदै गरेको बा.८६ प ६०३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक मरिण गाउँपालिका–७ बस्ने १८ वर्षीय संदिप स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ सामाग्रीस्थित सडकमा बेनिबाट जोमसोमतर्फ आउँदै गरेको बा.७६ प ४२१० नम्बरको मोटरसाइकललाई ना.१ च ७६९२ नम्बरको कारले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भई काठमाडौं बस्ने ३३ वर्षीय संजय खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको भजनी नगरपालिका–७ चर्रास्थित सडकमा से.१ त १७८६ नम्बरको ट्याक्टर र से.६ प १०६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय आशिष कुमार चौधरीको मृत्यु भएको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया