Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले माइजोईको रेमिट्यान्स एपबाट सहजरूपमा आफ्नो परिवार तथा साथीभाइलाई पैसा पठाउन सक्नेछन् । उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइजोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रहेको र माइजोईसँग साझेदारी गर्न पाउँदा बैंक उत्साहित भएको बताए । यसैगरी माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले युएईमा रहेका नेपाली कामदारहरूले आफ्ना प्रियजनहरूलाई पैसा पठाउने द्रूत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकसँग यो यात्रा सुरु गर्न पाउँदा माइजोई रोमाञ्चित रहेको जानकारी गराए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ । युएईमै मुख्यालय रहेका माइजोईको दृष्टिकोण विश्वव्यापीरूपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न असक्षम प्रत्येक व्यक्तिलाई वित्तीय समावेशीकरण गर्नु हो । यसरी युएईबाट ग्लोबल रेमिटमार्फत् पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू वा नेपालभर रहेका आइएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ । साथै, यसै सम्झौताअनुसार संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहजरूपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, दुई सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भिœयाउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भिœयाउने काम गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x