Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘स्याङजाको सुन्तला र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न तयार’

‘स्याङजाको सुन्तला र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न तयार’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानीमा कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।

उनले भने, ‘जिल्ला जिल्लाका व्यवसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ, त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।’ अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवर्द्धनका लागि देशभित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलमा सरकारले लगानीमैत्री वातावरण बनाउन आठ वटा कानुन संशोधन गरेको बताए । निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, करसम्बन्धी समस्यालगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको जानकारी समेत गराए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x