Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा

अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा


लण्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ । उम्मेदवारहरूले हङकङका पूर्वगभर्नर क्रिस प्याटनको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका छन् । प्याटन २१ वर्षपछि जुनमा बिदा भएका थिए । यो औपचारिक पद सन् १२२४ देखि लगातार पूर्ति हुँदै आएको छ ।

प्याटनको स्थान लिन उच्च–प्रोफाइल नामहरूमा कन्जर्भेटिभ पार्टीका पूर्वनेता एवं विदेश सचिव विलियम हेग, लेबर पार्टीका पूर्व युरोपेली संघ व्यापार आयुक्त पिटर म्यान्डेलसन र पूर्वमहान्यायाधिवक्ता डोमिनिक ग्रिभ समावेश छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भने प्रतिस्पर्धीमा परेका छैनन् । उनको पार्टीले खानका लागि आवेदन दिएको बताएको थियो ।

आठ सय वर्षमा पहिलो पटक यो पद धारण गर्ने महिला बन्ने आशा गर्दै स्कटिस वपकल एलिस एन्जियोलिनीले गरेका छन् । उनले सन् २०२१ मा लन्डनका एक प्रहरी अधिकारीद्वारा ३३ वर्षीया मार्केटिङ कार्यकारी सारा एभरार्डको बलात्कार, अपहरण र हत्याको उच्च–प्रोफाइल जाँच नेतृत्व गरेकी थिइन् ।

एन्जियोलिनी हाल सेन्ट ह्युज कलेज, अक्सफोर्डकी प्रिन्सिपल छन् । उनका पूर्वविद्यार्थीहरूमा बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मे र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी रहेकी छिन् ।

अर्का अक्सफोर्ड प्रिन्सिपल सोमरभिल कलेजकी जान रोयल पनि दौडमा छन् । उनी पूर्वलेबर नेता निल किनकका पूर्वसल्लाहकार र हाउस अफ लर्ड्सकी नेत्री थिए । अगस्टमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका लन्डनस्थित प्रवक्ताले पूर्वप्रधानमन्त्रीले आफ्नो आवेदन पेस गर्न चाहने निर्देशन दिएको बताएका थिए । सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानले भ्रष्टाचारदेखि हिंसा भड्काउनेसम्मका विभिन्न आरोपमा एक वर्षभन्दा बढी जेलमा बिताएका छन् । यसलाई उनले राजनीतिक प्रेरित र उनलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन् ।

उनले सन् १९७५ मा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेर अक्सफोर्डबाट स्नातक गरेका थिए । त्यसपछि राजनीतिमा प्रवेश गर्नुअघि उत्कृष्ट करियरमा पाकिस्तानको क्रिकेट टोलीको कप्तानी गरेका थिए । विश्वविद्यालयले आवेदनहरूलाई बेलायती कर प्राधिकरणद्वारा ‘उपयुक्त र उचित व्यक्ति’ नठानिएका आवेदकहरूलाई अयोग्य ठहर्याउने आफ्नो ‘चार बहिष्करण मापदण्ड’मा विचार गरिएको बताएको छ ।

दुई चरणको मतदानपछि, नयाँ चान्सलरको घोषणा नोभेम्बर २५ मा गरिनेछ । चान्सलर विश्वविद्यालयको नाम मात्रको प्रमुख हो र उसले केही प्रमुख समारोहको अध्यक्षता गर्छ । उसले वकालत, सल्लाहकार र कोष संकलन कार्य पनि गर्छ ।

विश्वविद्यालयले आफ्नो नियम संशोधन गरेपछि आगामी चान्सलर १० वर्षभन्दा बढी नहुने निश्चित अवधिका लागि पदमा रहनेछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x