‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
जनकपुर । जनकपुरधाम विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका निधिले भने, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ ।”
उनले सङ्घीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको बताए । उनले भन, “ओफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।” जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे ।
क्याटेगोरी : समाचार, मधेश प्रदेश
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया