Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअवैध लागुऔषध सहित पाँच जना पक्राउ

अवैध लागुऔषध सहित पाँच जना पक्राउ


काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्रामसहित मकवानपुर थाहा नगरपालिका–६ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७३३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा मकवानपुर थाहा नगरपालिका–९ बस्ने २९ वर्षीय भुपेन्द्र बस्नेत उक्त पदार्थ रिसिभ गर्न आउने खुल्न आएपछि उनलाई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दह चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका–१५ सुर्मीबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ नै सय मिलिग्रामसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुम सिंह राना रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

भोजपुरको अरूण गाउँपालिका–६ जरायोटारस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब तीन ग्राम छ सय १० मिलिग्रामसहित भोजपुर नगरपालिका–९ बस्ने २५ वर्षीय अमुल राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरीले दमकबाट भोजपुरतर्फ आउँदै गरेको बा.३ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगाबाट अवैध लागुऔषध गाँजा दुई किलोग्रामसहित सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ जोरपाटीस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय बिनोद राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x