काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिबी निवारणका लागि मन्त्रालयले एकीकृत कार्यक्रम बनाएर अघि बढ्ने तयारी गरेको बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा मन्त्रालयले आयोजना गरेको ‘नेपालमा गरिबी निवारणः अवस्था र आगामी मार्गचित्र’ विषयक प्रस्तुतीकरण कार्यक्रममा उनले गरिबी निवारणका सम्बन्धमा सरकारका निकायबीच नहुँदा कामको प्रभावकारिता कम देखिएकाले एकीकृत कार्यक्रम बनाएर अघि बढ्ने बताए । कार्यक्रममा उनले हालसम्म छ लाख नागरिकलाई राज्य सुविधा परिचयपत्र वितरण गरिएको जानकारी दिए । यस्तै, करिब दुई लाख ५० हजार परिचयपत्र वितरणको तयारीमा रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले गरिबी निवारणसँग सम्बन्धित नीति पुनरावलोकनको आवश्यकता रहेको बताए । लक्षित कार्यक्रम लक्षितवर्गले महसुस गर्नेगरी वितरण गरिने उनको भनाइ थियो । कार्यक्रममा उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका सरकारी निकायका करिब ५० जना सरोकारवालाको सहकभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया