Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति


मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोड रुपैयाँभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइँ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा १७ करोड ६१ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताइन् । प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९ दशमलव तीन हेक्टर धान बालीमा क्षति पुगेको उनले जानकारी दिइन् ।

यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८ दशमलव ७८ हेक्टर, झापामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४ दशमलव ७५ हेक्टर र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ । तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा ११ करोड १८ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको एक करोड ६२ लाख चार हजार रुपैयाँ, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो तीन करोड ७१ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा २७ लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा ४८ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

हरिनगरमा मात्रै २४ करोड २७ लाखको क्षति
यस्तै, सुनसरीको हरिनगर गाउँपालिकामा मात्रै २४ करोड २७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । बाढीले हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा गरेर सो परिमाणमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले जनाएको छ । गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत गरेर २४ करोड २७ लाख रुपैयाँ बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सातवटा विद्यालयमा आंशिक क्षति हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी छवटा पुल तथा सडक आंशिकरूपमा क्षति हुँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए । यसैगरी नौ सय बिघा अन्न बाली पूर्णरूपले र एक हजार छ बिघामा लगाइएको अन्नबाली आंशिकरूपले क्षति हुँदा १० करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी ४० बिघा जमिन पूर्णरूपले र ५५ बिघा जमिन आंशिकरूपले क्षति हुँदा १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी तीनवटा हेल्थपोस्टमा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढीका कारण क्षति भएका भौतिक संरचनाको मर्मतसम्भार कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि, कोशी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x