Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकले मनायो ३०औं वार्षिकोत्सव

एभरेस्ट बैंकले मनायो ३०औं वार्षिकोत्सव


काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले ३०औँ वार्षिकोत्सव मनाएको छ । बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको थियो । बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् । साथै, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवर्द्धनलगायतका क्षेत्रहरूमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ । वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोड रुपैयाँको आर्थिक सहयोग समेत गरेको छ ।

एभरेस्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा अस्पतालका अध्यक्ष प्राडा भगवान् कोइरालालाई चेक हस्तान्तरण गरेका थिए । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । पञ्जाब नेसनल बैंक, भारतसँगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x