सन नेपाल लाइफले पायो आईएसओ-आईईसी २७००१ः२०२२ प्रमाणपत्र
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएएस (युनाईटेड किङगडम एक्स्रीडिटेसन सर्भिस) बाट मान्यता प्राप्त एमिटिभो लिमिटेड युकेबाट आईएसओ÷आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधार आईएसओ÷आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम सम्परीक्षण गरी आईएसओ÷आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । यसबाट कम्पनीले रिक्स बेस मोडालिटीमा हरेक प्रक्रियाहरूमा के–कस्ता जोखिमहरू छन्, त्यसको अल्पकालीन तथा दीर्घकालीन प्रभावहरू के हुन सक्छन् ? यकिन गर्ने र त्यसको नियन्त्रणको लागि फस्र्ट लाइन अफ डिफेन्सबाटै जोखिम न्यूनीकरणको रणनीति तयार गर्नेछ ।
आईएसओ÷आईईसी २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय–समयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने जनाइएको छ । यो मानकले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरूको सुरक्षा प्रणालीहरूको अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्ने कम्पनीको दाबी छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 3
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया