प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
महोत्तरी । चिकित्सक तथा कर्मचारीको हडतालका कारणले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालका बिरामीहरु मर्कामा परेका छन् ।
बिहीबार अस्पतालमा कार्यरत करारका कर्मचारीलाई अस्पताल प्रशासनले म्याद थप नभएकाले कामकाज नगर्न सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज नगर्दा बिरामीहरु मर्कामा परेका हुन् । करारका कर्मचारीको म्याद नथपिएपछि अस्पतालको कामकाज ठप्प भएको हो ।
साउन महिनादेखि तलब नपाएको भन्दै प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत रहेका १५ जना छात्रवृत्ति करारका चिकित्सक तथा कर्मचारीहरु हडतालको तयारीमा थिए । अस्पतालको ओपिडीमा आएका बिरामीहरुलाई चिकित्सकले परीक्षण नगरेपछि बिरामी आक्रोशित भएका छन् ।
बच्चा लिएर आएका, हाडसम्बन्धी, गाइनोसम्बन्धी चेकजाँचका लागि आएका बिरामी चिकित्सकहरु ओपिडीमा नबस्दा निराश देखिएका थिए । आफूलाई असजिलो महसुस गरेका बिरामीहरुले इमर्जेन्सीमा परीक्षण गराएका थिए ।
साउन महिनादेखि आफुहरुले नियुक्ति तथा तलब नपाएको भन्दै हडतालमा उत्रिएका अस्थायी करारका चिकित्सक डा.कृष्णा पंजियारले अस्पताल प्रशासनले कामकाजका लागि म्याद थप्न नसकिने गरी सूचना प्रकाशन गरेपछि आफूहरु अन्योलमा रहेको बताए । उनले ओपिडीमा चेकजाँच नभए पनि इमर्जेन्सी सञ्चालनमा कुनै बाधा नरहेको जानकारी दिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, मधेश प्रदेश
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया