Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेवा रेमिटको लाइसेन्स खारेज

सेवा रेमिटको लाइसेन्स खारेज


काठमाडौं । सेवा रेमिट प्रालिको अनुमति खारेज भएको छ । शुक्रबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न अनुमति प्राप्त गरेको सेवा रेमिटको लाइसेन्स खारेज गरेको जनाएको हो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x