कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काँक्रेविहार (सुर्खेत) । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन् ।
कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् । सुर्खेतका एक सय ६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटमा समान २८, रुकुमपश्चिमका २२, हुम्लाका सात र मुगुका छवटा उद्योग खारेज भएका छन् ।
अधिकांश सामान्य बासको व्यवस्था भएका होटल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग खारेज भएका निर्देशनालयका सूचना अधिकारी थीरबहादुर श्रेष्ठले राससलाई बताए । उद्योग खारेज नगरिएपछि अर्को उद्योग खोल्न नपाइने, धेरै जरिवानामा परिने भएकाले साना लगानीमा सञ्चालित उद्योग धमाधम खारेज भएका उनले बताए ।
गत आर्थिक वर्षमा एक हजार सात सय ९५ वटा उद्योग नयाँ दर्ता भएको छभने दुई हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सल्ल्यानमा एक सय ३२ नयाँ र दुई सय ३६ नवीकरण, जाजरकोटमा एक सय ५३ नयाँ र ८३ नवीकरण, रुकुमपश्चिममा एक सय र ७४ वटा उद्योग नवीकरण भएका उक्त निर्देशनालयले जनाएको छ ।
मुगुमा एक सय ११ नयाँ र ५१ वटा नवीकरण, सुर्खेतमा नयाँ छ सय ७१ र नौ सय २१ वटा नवीकरण भएका छन् । जुम्लामा दुई सय चारवटा नयाँ र दुई सय ३७ वटा नवीकरण भएका छन् । दैलेखमा एक सय ५६ नयाँ र एक सय ५६ वटा उद्योग नवीकरण गरिएको छ ।
कालीकोटमा एक सय २२ नयाँ उद्योग दर्ता र एक सय ३१ वटा नवीकरण भएका छन्भने डोल्पामा ९३ नयाँ र ७९ वटा नवीकरण, हुम्लामा नयाँ ५३ र ८७ उद्योग नवीकरण भएका निर्देशनालयले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया