Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएसडीसी लघुवित्तको लाभांश घोषणा

आरएसडीसी लघुवित्तको लाभांश घोषणा


काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको लाभांश घोषणा गरेको हो ।

समितिले हाल कायम चुक्ता पुँजीको नौ दशमलव पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, शून्य दशमलव पाँच प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीको हाल ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्तापुँजी रहेको छ । बोनस सेयरपछि यस लघुवित्तको पुँजी एक अर्ब नाघ्ने भएको छ । उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x