Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह

गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह


काठमाडौं । लामो समयदेखि पशुपतिस्थित गौशाला धर्मशालाबाट धार्मिक एवं सामाजिक सेवा प्रदान गर्दै आएको व्यवसायी समुदायलाई त्यहाँबाट बलपूर्वक हटाउन खोजिएको घटनाले यस नेपाल समुद्रपार निकासी पैठारी संघलाई चिन्तित बनाएको छ । यसलाई संघले देशको व्यापार व्यवसाय, रोजगारी र राजस्वमा अतुलनीय योगदान गर्दै आएको समुदायलाई विशुद्ध धार्मिक र सामाजिक सेवाबाट जबरजस्ती विमुख गराउने प्रयासको रूपमा लिएको छ ।

यो संघ कुनै पनि विवाद र समस्याको समाधान जबरजस्ती र मुठभेडबाट नभई शान्तिपूर्ण संवादको माध्यमबाट हुनुपर्छ भन्नेमा दृढ छ । गौशाला धर्मशालाको सम्बन्धमा अहिले सिर्जना भएको विवाद पनि वार्ताबाटै समाधान हुनुपर्ने संघको मान्यता रहेको छ । लामो समयदेखि गौशाला धर्मशाला सञ्चालन गरिरहेको व्यवसायीलाई उचित समय नै नदिई बलपूर्वक त्यहाँबाट हटाउने प्रयासलाई संघले अस्वाभाविक मानेको छ । यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको समुदायको मनोबल कमजोर बनाउन सक्ने जोखिमतर्फ पनि संघ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x