Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु

जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु


नेपल्स । मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको पृष्ठभूमिमा जी–७ का रक्षामन्त्रीहरूले शनिबारदेखि वार्ता सुरु गरेका छन् । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक दक्षिणी सहर नेपल्समा आयोजना गरेको होे ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेट्टोले नाटोका प्रमुख मार्क रुटलगायत सहभागी सबैलाई स्वागत गर्दै भने, ‘आज हाम्रो उपस्थितिले हाम्रो लोकतान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्नेहरूलाई कडा सन्देश दिन्छ भन्ने मेरो बुझाइ रहेको छ ।’

क्रोसेट्टोले शुक्रबार ब्रसेल्समा अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई मध्यनजर गर्दै आफूले शिखर सम्मेलनका लागि अनुरोध गरेको बताउँदै एक दिने शिखर सम्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्वबारे छलफल गर्न ‘पर्याप्त स्थान’ दिइने बताए । युक्रेनमा युद्ध, अफ्रिकामा विकास र सुरक्षा र एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि एजेन्डामा छ ।

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा भएको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारेको घोषणा गरेको दुई दिनपछि यो बैठक हुन लागेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सिनवारको प्यालेस्टिनी भूमिमा भएको मृत्युले हमासविरुद्धको युद्धको अन्त्यको सङ्केत गरेको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसले ‘शान्तिको लागि’ मार्ग प्रशस्त भएको बताएका छन्  ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी शुक्रबार लेबनान पुगेका थिए । लेबनानमा पनि इजरायलले पनि हमासको सहयोगी हिजबुल्लाहसँग युद्ध गरिरहेको छ । बेरुतमा बोल्दै मेलोनीले लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकमाथि भएको आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका थिए ।

लेबनानमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति सेनामा इटालीका करिब एक हजार सैनिक छन् भने अन्य ५० भन्दा बढी देशका सैनिक पनि छन् । युक्रेनका मन्त्रीहरूले युद्धमा जाडो याममा किएभ प्रवेश गर्ने, पूर्वमा युद्धभूमिमा क्षति हुने र डोनाल्ड ट्रम्प अर्को महिना ह्वाइट हाउसमा निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाबारे विचारविमर्श गर्नेछन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x