Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला


इस्तानबुल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा रहेकोे निजी निवासलाई निशाना बनाई शनिबार हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ  । इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमार्फत लेबनानबाट ड्रोन हमलामा भएको जनाएको छ  ।

विज्ञप्तिमा नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको र ड्रोन सिजरियाको एक भवनमा खसेको बताइएको छ । घटनामा कुनै हाताहात भने भएको छैन ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा सेनाले खसालेकोे थियो । इजरायली रक्षा बल (आईडीएफ)ले शनिबार लेबनानबाट इजरायलमा तीन ड्रोन प्रहार गरेको पुष्टि गरेको छ । आक्रमणपछि, गिलोट सैन्य आधारमा आलाराम बजेको थियो ।

इजरायल र हमासबीच चलिरहेको द्वन्द्वको बीचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने ‘यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।’

इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतङ्ककारी इजरायलले मारेको खुलासा गरेको छ । नेतान्याहुले हमासले हाल गाजामा एक सय एक जनालाई बन्धक बनाएको खुलासा गरेका छन् । जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिकहरु छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x