Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह

जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह


काठमाडौँ । मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताए ।

मन्त्री सिंहले शहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे । उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको पनि बताए ।

जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको जिकिर गर्दै मन्त्री सिंहले मन्त्रालयलाई अझ व्यवस्थित गर्नका लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताए । उनले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमले प्रसारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x