नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ५ छकडोलमा सरु रुम्बा लामाले सार्वजनिक गोरेटो बाटो हडपेर बनाएको भौतिक संरचना भत्कने भएको छ । सिट नम्बर १०२१०६२०१ मा रहेको कित्ता नम्बर एक सय ५२ मा बनेको चार तले घरले सार्वजनिक गोरेटो बाटो हडपेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले फैसला गरिदिएको हो ।
सार्वजनिक बाटोमा बनेको घर भत्काई बाटो कायम गरिपाउँ भन्दै शान्ति गुरुङसहितका स्थानीयले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा २०७९ सालको वैशाख ११ गते दर्ता भएको थियो । सार्वजनिक गोरेटो बाटो हडपेर घरलगायत भौतिक संरचना निर्माण गरेको, त्यहाँका स्थानीयलाई हिँडडुल गर्न अप्ठ्यारो परेको, ढल तथा नालको व्यवस्थापनमा समेत समस्या भएको स्थानीय गुरुङसहितकाले दाबी गरेका थिए । त्यही मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी पुग्ने फैसला गरेलगत्तै सरु रुम्बाले अनधिकृतरूपमा बनाएको भौतिक संरचना भत्काउनुपर्ने फैसला भएको हो ।
योसँगै सरु रुम्बाले पूर्व र दक्षिणतर्फ आफ्नो जग्गाको सिमाना छोडेर सार्वजनिक जग्गा पहिलेकै अवस्थामा छाडिदिनुपर्ने भएको छ । सरु रुम्बाले उनका सदियार कित्ता नम्बर १८८ का भाईखु गुरुङको जग्गा समेत हडपेर शौचालय निर्माण गरेको मुद्दा दायरकर्ताको दाबी छ । यस्तै, सरु रुम्बाले आफ्नो भौतिक संरचना अनधिकृतरूपमा बनाएर अनियन्त्रितरूपमा पानीका पाइपहरू समेत बिछ्याउँदै आएका छन् । अदालतको फैसलाले ती संरचनाहरू समेत हटाउनुपर्ने भएको छ । अदालतको यो फैसलासँगै भाइखु गुरुङले समेत नापीले आफ्नो कित्ता नम्बरमा देखाएको जग्गाबाहेक अरू जग्गा हडपेको देखिए त्यसलाई छाड्न तयार भएका छन् ।
क्याटेगोरी : समाचार, नगरपालिका
ट्याग : #Page 8
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- दोलखाका ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि
- परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
- बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड
- सरकारी वित्त करिब पौने खर्ब घाटामा
- विश्व बैंकसँग दुई सय ८५ मिलियन अमेरिकी डलर ऋण लिने
- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने
- साहस ऊर्जाको साधारणसभामा झन्डै हानाहान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया