Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ

गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ


काठमाडौं । गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोहबीच ट्राफिक भायोलेशन रेकर्ड सिस्टम (टीभीआरएस) ई–चलान (डिजिटल चिट)को शुभारम्भ गर्नुभएको छ । साथै उनले ई–चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गरे ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलतारहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आइतबार शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवं सुलभरूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उनले शुभकामना समेत दिए ।

गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अङ्ग प्रहरी भएको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवं इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्ने बताए । सवारी दुर्घटना ठूलो चुनौतीको रूपमा देखा परेको बताउँदै उनले त्यसको न्यूनीकरण गर्न सरोकारवाला सबै निकायहरूले आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताए । दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालनालगायतका विषयमा अझ बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई–चलानको शुभारम्भ स्वागतयोग्य रहेको चर्चासहित आ–आफ्नो मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासोरहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको बताए ।


क्याटेगोरी : बिबिध, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x