Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज फेरि बढ्यो सुनको मूल्य

आज फेरि बढ्यो सुनको मूल्य


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला छ सयले बढेको छ । यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । छापावाला सुनको मूल्य सोमबार भने एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको सोमबारका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला २० ले वृद्धि भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x