Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता

बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता


काठमाडौं । बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थान (आईटीआरआई) ले विश्वव्यापी शैक्षिक साझेदारीलाई बढावा दिन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धानलाई बढावा दिने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल बैंकिङ, फाइनान्स एन्ड इन्स्युरेन्स इन्स्टिच्युट (बीएफआइएन)ले सन् २०२४ अक्टोबर १८ मा फिनभर्स एलएलसीअन्तर्गत अमेरिकाको द इन्टरनेसनल ट्रेनिङ एन्ड रिसर्च इन्स्टिच्युट (आईटीआरआई)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यो साझेदारीको उद्देश्य संयुक्त राज्य अमेरिका, क्यानडा र बाहिर प्रशिक्षण, शिक्षा, अनुसन्धान र परामर्शमा दीर्घकालीन सहकार्यलाई बढावा दिने हो ।

यो सम्झौताले व्यावसायिक विकासका अवसरहरू बढाउँदै विश्वव्यापी प्रशिक्षण साझेदारहरूसँग समन्वय गर्न दुवै संस्थाहरूका लागि ढाँचा स्थापित गर्दछ । आईटीआरआईले नेपाल र अन्य देशका विद्यार्थीका लागि इन्टर्नसिपको सुविधा दिनेछ भने बीएफआईएनले अमेरिका र क्यानडामा कार्यक्रम व्यवस्थापन गर्नेछ ।

‘यो सम्झौता सीमापार शैक्षिक विकास प्रवद्र्धन गर्न महत्वपूर्ण कदम हो, बीएफआईएनका प्रबन्ध निर्देशक डा बिनोद आत्रेयले भने, हामी यस साझेदारीले हाम्रो समुदायहरूमा पार्ने सकारात्मक प्रभावको प्रतीक्षामा छौँ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x