पञ्चकन्या स्टिललाई ग्रिन–प्रो प्रमाणपत्र
काठमाडौं । पञ्चकन्या ग्रुपको सिस्टर कर्न्सन उद्योग पञ्चकन्या स्टिल प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ को लागि सीआईआई ग्रिन–प्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ ।
हालै भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरेका थिए । पञ्चकन्या स्टिलको टिएमटी रिब्डबारले ग्रिन–प्रो प्रमाणपत्र प्राप्त गरेपश्चात कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत भएको कम्पनीले जनाएको छ ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)–सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रिनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहणपश्चात पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ । यसैबीच दिगो विकास र वातावरणप्रति मुख्य ध्यान दिदै भारत र न्युजिल्यान्डबीच एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी
- पञ्चकन्या स्टिललाई ग्रिन–प्रो प्रमाणपत्र
- सामसुङको ग्यालेक्सी एस२४ एफई सार्वजनिक
- नेपाल बीमा प्राधिकरण र स्कुल अफ म्याथमेटिकल साइन्सबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता
- राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट
- बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया