सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स एसआईसीसीआईबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत्, पर्यटन खनिजलगायत अन्य प्राकृृतिक स्रोतहरूमा लगानीका लागि समझदारी भएको हो ।
सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । नेपालका जलविद्युत्, पर्यटन, खानी एवं प्राकृतिक अन्य स्रोतहरूमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरू समक्ष उनले आग्रह गरे । नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने उनले प्रतिबद्धता समेत जनाए । नेपालमा राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरूलाई अवगत गराए । पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै उनले लगानीका लागि आग्रह गरे ।
नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी
- पञ्चकन्या स्टिललाई ग्रिन–प्रो प्रमाणपत्र
- सामसुङको ग्यालेक्सी एस२४ एफई सार्वजनिक
- नेपाल बीमा प्राधिकरण र स्कुल अफ म्याथमेटिकल साइन्सबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता
- राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट
- बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया