भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
नयाँदिल्ली । भारतीय गाडीको माग विश्वभर बढ्दै गएको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम)को पछिल्लो रिपोर्टअनुसार भारतको अटोमोबाइल निर्यात गत वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ ।
अप्रिलदेखि सेप्टेम्बरसम्म भारतीय कम्पनीहरूले विदेशी बजारमा २५ लाख २८ हजार दुई सय ४८ सवारीसाधन बिक्री गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या २२ लाख ११ हजार चार सय ५७ थियो ।
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकी अप्रिलदेखि सेप्टेम्बरसम्म एक लाख ४७ हजार ६३ वटा गाडी निर्यात गरेर शीर्ष स्थानमा छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या एक लाख ३१ हजार पाँच सय ४६ थियो । वार्षिक आधारमा १२ प्रतिशतले वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा दुईपाङ्ग्र्रे सवारीसाधनको निकासी गत वर्षको सोही अवधिमा १६ लाख ८५ हजार नौ सय सात रहेकोमा वार्षिक सोही अवधिमा १६
प्रतिशतले बढेर १९ दाख ५९ हजार एक सय ४५ पुगेको छ । सन् २०२४ को सम्पूर्ण आर्थिक वर्षमा भारतीय बजारबाट ३४ दशमलव ५९ लाख दुईपाङ्ग्र्रे सवारीसाधन निर्यात भएको थियो ।
हुन्डाई मोटर इन्डियाको कुल निर्यात भने गत वर्षको तुलनामा अप्रिल–सेप्टेम्बर अवधिमा एक प्रतिशतले घटेर ८४ हजार नौ सय युनिटमा पुगेको छ । सन् २०२३ को अप्रिल–सेप्टेम्बरमा कम्पनीले ८६ हजार एक सय पाँच सवारीसाधन निर्यात गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया