Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोरङ अटोले बिक्री गर्ने सेरेस ब्रान्डको विद्युतीय कारमा प्राविधिक समस्या

मोरङ अटोले बिक्री गर्ने सेरेस ब्रान्डको विद्युतीय कारमा प्राविधिक समस्या

रोकिराखेको ठाउँमा आफैं लाग्यो आगो


काठमाडौं । मोरङ अटो वर्क्स (एमएडब्ल्यू)ले बिक्री गर्दै आएको सेरेस ब्रान्डको विद्युतीय कारमा प्राविधिक समस्याको कारण आगलागी भएको छ ।

कारमा समस्या आएको भन्दै मर्मतका लागि कम्पनीको सितापाइलास्थित विश्वास स्पोट्र्स सर्भिस सेन्टरमा राखिएको कारमा आगलागी भएपछि सेरेस ब्रान्डका अन्य कारहरूमा समेत आगलागी हुनसक्ने आशंका बढेको छ ।

चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी सेरेससँगको सहकार्यमा नेपालका प्रतिष्ठित व्यवसायी विष्णु अग्रवालले आफ्नो कम्पनी मोरङ अटोमार्फत बिक्री गर्न नेपाल ल्याएको सेरेस ब्रान्डको कारमा रोकेर राखेको अवस्थामा एक्कासि आगो लागेपछि सो कम्पनीका कारहरूमा प्राविधिक समस्या रहेको हुनसक्ने आशंका गरिएको छ ।

कम्पनीको बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको कार प्राविधिक समस्या आएका कारण आगलागीको अघिल्लो दिनमा नै सर्भिस सेन्टरमा ल्याएर राखिएको अवस्थामा आगलागी भएको हो ।

विश्वमाझ सूचना प्रविधि र टेक्नोलोजीमा अग्रणी स्थानमा रहने मुलुक चीनले उत्पादन गरेको कारहरू विश्वका अन्य देशहरूले प्राविधिक चेकजाँच गरी आफ्नो देशमा भित्र्याउने गरेको भए पनि नेपालमा भने गाडीको विस्तृत परीक्षण गर्ने ल्याबको अभावको कारण सामान्य बनावटी र गाडी बिक्रीको लागि ल्याउने कम्पनीले नै दिएको पत्रको आधारमा चेकजाँच हुनेगरेको यातायात व्यवस्था विभागका एक कर्मचारीले बताए ।

उनका अनुसार ल्याब सञ्चालन गर्नको लागि २०७० सालदेखि नै यातायात व्यवस्था विभागले माथिल्लो निकायहरूमा आग्रह गरे पनि सोअनुसार काम अगाडि बढ्न नसकेको बताए ।

विकसित मुलुकहरूमा कुनै एउटा गाडीमा समस्या आउँदा बजारमा बिक्रीको लागि गएका सम्पूर्ण गाडीहरू नै फिर्ता ल्याएर पुनः मर्मत गरेर मात्र बिक्रीको लागि पठाउन पाइने कानुन छ । तर, नेपालमा यससँग सम्बन्धित कुनै पनि व्यवस्था नहुँदा निर्बाध बिक्री भइरहेका यस्ता गाडीहरूको दुर्घटना हुँदा सर्वसाधारणको ज्यान नै जानसक्ने अवस्था हुँदा समेत सरकार गम्भीर नभएको उनले बताए ।

नेपालमा बाढी गएको जसरी भित्रिरहेको मुख्यतया चिनियाँ ब्रान्डका कारहरूमा आगलागीको समस्याहरू हुनेगरेको पाइएको छ । यसअघि पनि पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको एमजी ब्रान्डका कारमा आगलागी भएको थियो ।

मोरङ अटोले सेरेसबाहेक दिपल, नामी, फोर्टन, स्कोडा, जिप, यमाहा मोटरसाइकल, जेसेबीहरूका साथै अन्य विभिन्न ठाउँहरूमा लगानी गर्दै आएको छ ।

आफ्नै सर्भिस सेन्टर मर्मतको लागि ल्याएको भोलिपल्ट कारमा आगलागी भएको विषयमा मोरङ अटो वक्र्सका प्रतिनिधि पुनम सिंहका अनुसार कार अघिल्लो दिन नै ल्याएर आज चेकजाँच गर्न स्टार्ट गर्दा तार सर्ट भएर धुँवा निस्किएको बताइन् ।

नेपालमा उच्च प्रविधिका चिनियाँ गाडीहरूको उच्च मात्रामा आयात भइरहँदा सोही क्षमताका दक्ष प्राविधिकहरू नेपालका गाडी बिक्रेता कम्पनीहरूमा नहुनुको ज्वलन्त उदाहरण सर्भिस सेन्टरमा एक दिनअघि नै आइसकेको गाडी समेत आगलागीबाट बचाउन नसक्नु रहेको हो ? भन्ने आर्थिक दैनिकको प्रश्नमा मोरङ अटोकी प्रतिनिधि पुनम सिंहले गाडी आयातसँगै प्राविधिक टिमलाई समेत चीन पठाएर दक्ष बनाउने गरेको बताइन् ।

नेपालका गाडी बिक्रेताहरू दक्ष प्राविधिकहरू उत्पादनतिर भन्दा पनि नाफामुखी बढी हुँदा यस्ता समस्याहरू फरक–फरक कम्पनीका गाडीहरूमा देखिँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x