Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरूले कमाए एक अर्ब ६४ करोड

विकास बैंकहरूले कमाए एक अर्ब ६४ करोड


काठमाडौं । विकास बैंकहरूको नाफा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले कुुल एक अर्ब ६४ करोड ७५ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ करोड २४ लाख ३० हजार रुपैयाँले बढी हो । गत वर्ष साउन र भदौमा विकास बैंकहरूले एक अर्ब १६ करोड ५१ लाख १० हजार रुपैयाँ नाफा कमाएका थिए ।

यस आर्थिक वर्षको पहिलो दुई महिनामा छवटा विकास बैंकहरूको नाफा ऋणात्मक छ भने आठवटा बैंकले गत वर्षको सोही अवधिमा भन्दा नाफा बढाएका छन् । बाँकी तीनवटाको नाफा घटेको छ ।

सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मुक्तिनाथले ३२ करोड ५८ लाख ६० हजार रुपैयाँ कमाएको छ । गत वर्षको पहिलो दुई महिनामा मुक्तिनाथले ३१ करोड २८ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथपछि गरिमा विकास बैंकको नाफा धेरै छ । गरिमाले गत साउन र भदौमा २८ करोड ८९ लाख ४० हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही गरिमाले १६ करोड ५५ लाख १० हजार रुपैयाँ कमाएको थियो । यसपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा कमाएकोे छ भने ज्योति विकास बैंकले भने १९ करोड ६२ लाख ७० हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा शाइनले ११ करोड ११ लाख ७९ हजार रुपैयाँ र ज्योतिले १० करोड ९४ लाख ७० हजार रुपैयाँ कमाएको छ ।

महालक्ष्मी विकास बैंकले पनि साउन र भदौमा १७ करोड १४ लाख ६० हजार रुपैयाँ कमाएको छ । यस्तै सांग्रिला विकास बैंकले १४ करोड ३० लाख छ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा महालक्ष्मीले ११ करोड ४५ लाख ७० हजार रुपैयाँ र सांग्रिलाले १२ करोड ४० हजार रुपैयाँ कमाएका थिए ।

लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख ७० हजार रुपैयाँ नाफा कमाउँदा कामना सेवा विकास बैंकले १७ करोड ६९ लाख ७० हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लुम्बिनीले १५ करोड ६७ लाख ५० हजार रुपैयाँ कमाएको छ । ग्रीन, साल्पा र कर्पोरेट डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा क्रमशः ८८ लाख ९० हजार रुपैयाँ, ४८ लाख ५० हजार र ३८ लाख ८० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक करोड तीन लाख २० हजार रुपैयाँ, ४० लाख १० हजार रुपैयाँ र दुई करोड ६६ लाख ४० हजार रुपैयाँ कमाएका थिए । नारायणी डेभलपमेन्ट बैंकले एक करोड १६ लाख ५० हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा कर्णाली डेभलपमेन्ट बैंकले एक करोड ८६ लाख ५० हजार रुपैयाँ नोक्सानी बेहोरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकले छ करोड ८३ लाख ९० हजार रुपैयाँ नोक्सानी बेहोर्दा मितेरी डेभलपमेन्ट बैंकले आठ लाख ४० हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । यस अवधिमा अवधिमा सिन्धु विकास बैंकले छ लाख ३० हजार रुपैयाँ नोक्सानी बेहोर्दा सप्तकोशी डेभलपमेन्ट बैंकले ३६ लाख ७० हजार रुपैयाँ नोक्सानी बेहोरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x