लक्ष्मी हुन्डाईको ‘क्लिक टु बुक’ सेवा, यस्ता छन् फाइदा
काठमाडौं, असार २२
नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डाई)ले हाल कोविड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन ग्राहकहरुलाई नौलो सुविधा दिन सुरु गरेको छ । उक्त सुविधामार्फत ग्राहकहरुले शोरुम नगएरै सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुन्डाई गाडीको बुकिङ गर्न सक्नेछन् ।
लक्ष्मी हुन्डाईले हाल कोभिड–१९ को सावधानीस्वरुप सामाजिक दूरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्न आफ्नो आधिकारिक वेबसाइटबाट ‘क्लिक टु बुक’ सेवा सुरु गरेको हो । ग्राहकलाई गाडी खरिदको प्रक्रिया सहज बनाउन थालिएको सेवाबाट ग्राहकले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्नेछन् ।
ग्राहकहरुले आफूलाई चाहिएको गाडी छनौट गरेपछि बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिनेछ । त्यसपछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधै सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जसको व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् । साथै सवारीसाधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टलमार्फत गर्न सकिनेछ ।
ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि गाडीको बुकिङका लागि अनलाइनबाट कोटेसन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन् वा प्रदान गरिएको भुक्तानी गेटवेमार्फत अनलाइन भुक्तानी गरी सजिलै आफूलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् । हुन्डाईका गाडीहरु सधैं नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदै आएको कम्पनीको दाबी छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट र नौलो सेवा अनुभूति प्रदान गर्न लक्ष्मी हुन्डाई सधैं तत्पर रहेको पनि कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
- उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया