Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले घटायो बजारमा आधारित कर्जा दर

चीनले घटायो बजारमा आधारित कर्जा दर


बेइजिङ । चीनले सोमबार आफ्नो बजारमा आधारित बेन्चमार्क कर्जा दर घटाएर एक वर्षको ऋण प्राइम रेट (एलपीआर) तीन दशमलव ३५ प्रतिशतबाट घटाएर तीन दशमलव एक प्रतिशतमा झारेको छ ।

राष्ट्रिय अन्तरबैंक कोष केन्द्रका अनुसार एलपीआर तीन दशमलव ८५ प्रतिशतबाट तीन दशमलव ६० प्रतिशतमा घटाइएको जनाएको छ । यो वर्ष तेस्रो कटौती, वित्तीय लागत घटाउने अपेक्षा गरिएको छ र थप उपभोग र लगानी वृद्धिलाई बढावा दिनेछ ।

जेएलएल ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री ब्रुस प्याङले एलपीआरमा २५–आधार–बिन्दु कटौती बजारको अपेक्षाभन्दा अलि ठूलो भएको बताएको सिजीटीएनले जनाएको छ ।

चीन सरकारले सम्पत्ति बजारको स्थायित्व र पुनरुत्थानलाई प्रवर्द्धन गर्दै बलियो मौद्रिक नीति कायम गर्नुपर्ने प्याङले बताए । उनले चिनियाँ सरकारले सामान्यतया अन्य अर्थतन्त्रको रूपमा ब्याज दर कटौती गर्दैन, त्यसैले प्रत्येक पटक यसको दर कटौती पर्याप्त बलियो हुनु आवश्यक भएको बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x