सर्पोट लघुवित्तको लाभांश १४ प्रतिशत
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा कायम रहेको कुल चुक्ता पुँजी १० करोड ७६ लाख १८ हजार नौ सय ४० रुपैयाँमध्येबाट कुल १४ दशमलव ५० प्रतिशतका दरले हुन आउने एक करोड ५६ लाख चार हजार सात सय ४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको यही कात्तिक चार गते बसेको सञ्चालक समितिको दुई सय ३२औँ बैठकले गरेको लाभांश वितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउने छ । घोषित लाभांशमध्येमा १३ दशमलव ७७ प्रतिशतका दरले हुन आउने एक करोड ४८ लाख २४ हजार पाँच सय आठ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७२ प्रतिशतका दरले हुन आउने सात लाख ८० हजार दुई सय ३७ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया