एनएमबी लघुवित्तको नायब प्रमुख कार्यकारीमा खड्का
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सजल खड्का नियुक्त भएका छन् । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नायब प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । संस्थाका अनुसार नवनियुक्त नायब प्रमुख कार्यकारी खड्काको कार्यकाल यही कात्तिक एक गतेबाट सुरु भइसकेको छ ।
लघुवित्त क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभवी खड्का यसअघि मातृभूमि लघुवित्त वित्तीय संस्थामा पनि नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । यसबाहेक खड्काले साविक स्पर्श लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी समेत सम्हालेका थिए । उक्त लघुवित्त वित्तीय संस्था मर्जरपछि खड्का ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा पनि नायब प्रमुख कार्यकारी अधिकृत बनेका थिए । यसबाहेक खड्काले किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर पनि काम गरेको अनुभव रहेको छ । खड्काको कुशल व्यवस्थापकीय क्षमताबाट संस्थाले अझ बढी उचाई हासिल गर्ने अपेक्ष लघुवित्तको सञ्चालक एवं व्यवस्थापन समितिको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया