युनिलिभरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
काठमाडौं । युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक÷सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स कम्पनीहरूमध्ये एक युनिलिभर नेपाल सफ्टको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रही आएको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने प्रयासमा संलग्न छ । हालसालै गएको विनाशकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस दुःखद् घडीमा पीडित समुदायको सहयोगका लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ । युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको जनाइएको छ ।
यस्ता प्रयासहरूमार्फत, युनिलिभर नेपालले नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया