ट्रायम्फ नेपालको ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’
काठमाडौं । ट्रायम्फ नेपालले ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’ कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको नक्सालस्थित ट्रायम्फ सोरूममा आइतबार आयोजना गरिएको कार्यक्रममा नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम भएको थियो ।
कम्पनीका अनुसार एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू डेलिभर गरिएको थियो । गत अगस्टमा लन्चपछि प्रि–बुक गरिएका मोटरसाइकलहरू हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ट्रायम्फका स्पिड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेल डेलिभरी गरिएको थियो । नाडा अटो सो २०२४ सार्वजनिक गरिएको यस ब्रान्डलाई लिएर ग्राहकहरू अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो । नाडा अटो सोमा बुक गर्ने २०० ग्राहकले सो कार्यक्रममा भाग लिएका थिए । कम्पनीका अनुसार कार्यक्रममा ‘द जेन्टलम्यान्स क्लब’ को घोषणा समेत गरिएको छ, जुन ट्रायम्फ नेपालको आधिकारिक ‘कम्युनिटी ग्रुप’ हो ।
कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो । यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने छ, जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायका लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउनेछन् । कार्यक्रममा सो मोटरसाइकलको वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ट्रायम्फ ब्रान्डलाई नेपाली बजारमा अझै विस्तार गर्ने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया