Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने

बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने


बागमती । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले मंगलबार यहाँ आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन् ।

उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे । उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्छ भने । साथै उनले स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताए ।

सङ्घीयता लागू भएपछि अस्पतालका प्राविधिक तथा अन्य जनशक्तिमा वृद्धिका साथै स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको स्वास्थ्यमन्त्री किरण थापामगरले बताए ।

वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिरामीको स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीले सेवा गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x