Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूर्यदर्शन सहकारीपीडितलाई झुम्याउने स्वतन्त्र पार्टीको असफल प्रयास

सूर्यदर्शन सहकारीपीडितलाई झुम्याउने स्वतन्त्र पार्टीको असफल प्रयास

आन्दोलनमा पोखरेलीको न्यून सहभागिता


पोखरा । सूर्यदर्शन सहकारीपीडितलाई झुक्याएर आफ्नो आन्दोलनमा सहभागी गराउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयास असफल भएको छ । सूर्यदर्शन सहकारीको व्यवस्थापनले गोरखा मिडियालगायतका ठाउँमा सहकारीका सदस्यहरुको बचत रकम लगानी गरेपछि उक्त सहकारीले बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नभएर पीडित बनेकाहरुलाई आफ्नो आन्दोलनमा सहभागी भए पछि पैसा फिर्ता गराउने आश्वासनसहित रास्वपाका नेताहरुले फकाउने काम गरे पनि उनीहरुले अस्वीकार गरेका छन् ।

सूर्यदर्शन बचतपीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठसहितका केही व्यक्तिसँग रास्वपाका नेताहरुले छलफल गरेर अहिले भएको आन्दोलनमा सहभागी हुँदै बचत फिर्ता गराउन दबाब दिन आग्रह गरेका थिए । तर, श्रेष्ठसहित छलफलमा सहभागी पीडितहरुले रास्वपाका नेताहरुको आश्वासन अस्वीकार गर्दै आफ्नो भिन्नै आन्दोलन जारी रहने जानकारी गराएका थिए ।

रास्वपाका नेताहरु पोखरामा रवि लामिछानेको रिहाइको लागि आन्दोलन गरिरहेका छन् भने सूर्यदशर्नका पीडितहरु बचत फिर्ताको माग गर्दै आन्दोलनमा छन् । तर, आन्दोलनरत सहकारी पीडितलाई झुटो आश्वासन दिएर आफूतिर तान्ने प्रयास असफल भएपछि रास्वपा सङ्कटमा छ । अहिले पोखरामा स्थानीयभन्दा पनि बाहिरी जिल्लाबाट आएकाहरुले रास्वपाको पक्षमा आन्दोलन गरिरहेका छन् । जति आन्दोलन गरे पनि स्थानीय सहभागी नभएपछि रास्वपाका नेताहरुले मंगललबार पोखरामा घरदैलो कार्यक्रम गरेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । तर, मंगलबार दिउँसोको आन्दोलनमा स्थानीयको सहभागिता हुन सकेन । स्थानीयको नाममा रास्वपाका सीमित नेता र कार्यकर्ता मात्र सहभागी छन् ।

सडकमा रास्वपाका नेता, कार्यकर्ता र बाहिरी जिल्लाका मात्र आन्दोलनमा छन् । कास्कीका जनताहरु सहभागी भएका छैनन् । सोही कारण राजस्वमा छटपछि भइरहेको छ । कानुनी प्रक्रियामा प्रवेश गरेको विषयलाई सडकबाट छेक्ने रास्वपाका प्रयास पोरखामा असफल हुने देखिएको छ । प्रहरीले शुक्रबार रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोरखा ल्याएको छ । त्यसको विरोधमा रास्वपाले शनिबारदेखि नै पोखरा केन्द्रित आन्दोलन गरेको छ । पोखराका स्थानी आन्दोलनमा सहभागी नभएपछि बाहिरी जिल्लाबाट नेता र कार्यकर्ता उतार्ने काम रास्वपाले गरेको छ । यसरी बाहिरी जिल्लाबाट मानिस पोखरामा जम्मा हुँदा होटल व्यवसाय भने फस्टाएको छ ।

सहकारी ठगीमा संलग्न लामिछानेको पक्षमा शनिबारदेखि आन्दोलन गरिरहेको रास्वपाले बुधबारका लागि पनि आन्दोलनको कार्यक्रम तय गरेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेको बेला गोर्खा मिडियाले सहकारीको रकम अपचलन गरेको थियो । अवैध रुपमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा लगिएको रकम दुरुपयोगमा लामिछाने प्रत्यक्ष रुपमा संलग्न भएको भन्दो संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न लामिछानेलाई पक्राउ गरेको हो ।

रकम दुरुपयोगमा लामिछाने संलग्न भएको भन्ने प्रतिवेदन तयार गर्दा रास्वपाकै सांसद शिशिर खनालले पनि हस्ताक्षर गरेका थिए । उनले उक्त प्रतिवेदनमा फरकमत नराखेको कारण उक्त प्रतिवेदन सर्वसम्मत तयार भएको प्रष्ट हुन्छ । प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेपछि रास्वपा त्यसविरुद्ध छ । उसले सहकारी पीडितलाई रकम फिर्ता गराउनुपर्ने माग गरे पनि सरकारले पनि सहकारीपीडितको बचत रकम फिर्ता गर्नुपर्दैन भनेको छैन । तर, सहकारीको रकम दुरुपयोग गर्नेबाट असुलउपर गरेर फिर्ता दिने रणनीति सरकारले बनाएको छ ।

संसदीय समितिले रवि लामिछाने, गितेन्द्रबाबु (जीबी (राई, कुमार रम्तेल र छविलाल जोशीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो । लामिछानेलाई गोर्खा मिडियाको १५ प्रतिशतको मालिकसहित प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन लगायतका सहकारीको ६५ करोड रुपैयाँ अपचन भएको थियो । उक्त सहकारीको एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । त्यसमध्ये पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि अहिले थुनामै रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x