सामान्य प्रशासनमन्त्री गुप्ताको २५ बुँदे कार्य प्रगति
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले २५ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा उनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको कार्य प्रगति विवरणअनुसार मन्त्रालयले संघीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन बनेको संघीय निजामती विधेयक संसद्बाट पारित गराउन मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित गरिएको उल्लेख छ । उक्त विधेयक हाल संघीय संसद्मा प्रस्तुत भई प्रारम्भिक छलफलपछि राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको र आगामी संसद् अधिवेशनबाट स्वीकृत गराउनेगरी समिति र विभिन्न राजनीतिक दलहरूसँग समेत छलफल भइरहेको मन्त्री गुप्ताले बताए ।
सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाहलाई प्रभावकारिता बनाउने र सुशासनमा जोड दिँदै आफू अघि बढिरहेको उनले बताए । स्थानीय तहलाई थप सवल एवम् क्रियाशील बनाउन मन्त्रालय लागि परेको उनको भनाइ थियो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई मात्र निमित्त व्यवस्था गरिएको र हाल रिक्त दुई सय ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नयाँ नियुक्त हुने अधिकृतस्तरका कर्मचारीलाई पहिलो पदस्थापन स्थानीय तहमा हुने व्यवस्था गरिएको उनले बताए । यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको सुझाव प्राप्त गरी संशोधन सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको पनि मन्त्री गुप्ताले जानकारी दिए ।
त्यसैगरी, जिल्ला समन्वय समितिको भूमिकालाई थप प्रभावकारी बनाउन ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति (इन्जिनियर) व्यवस्था गरिएको र व्यवस्थापन तहमा जनशक्ति कमी हुन नदिनका लागि राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका चार सय १५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको उनले बताए । स्थानीय तहहरूको सवल र दुर्वल पक्षहरूको पहिचान गरी विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरूको जानकारी लिन र गाउँ तथा नगरपालिकाहरूबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एकीकृत मूल्याङ्कन कार्यविधि ढाँचा तयार पारिएको जनाइएको छ ।
सङ्घीयता कार्यान्वयनको सन्दर्भमा मार्गचित्र पहिचान हुनेगरी तीनवटा संवाद श्रृङ्खला सञ्चालन गरिएको, आर्थिक सुशासन, बजेट तथा कार्यक्रम प्रणालीमा सुधारमा सहयोग गर्नेगरी १८ वटा स्थानीय तहको मध्यकालीन खर्च संरचना तर्जुमामा सहजीकरण एवम् पृष्ठपोषण प्रदान गरिएको, १३ वटा स्थानीय तहलाई जग्गा प्राप्ति र सातवटा स्थानीय तहलाई सरकारी जग्गा उपयोग तथा भाडामा उपलब्ध गराउन सम्बन्धित मालपोत कार्यालयमा सिफारिस गरिएको उनले जानकारी दिए ।
यसैगरी, सार्वजनिक सेवालाई प्रभावकारी तुल्याउँदै प्रशासकीय सङ्गठनहरूका संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष परिवर्तन गर्ने सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र त्यसअन्तर्गतका दूतावास, नियोगहरू, सहरी विकास मन्त्रालय र त्यसअन्तर्गतका निकायहरू, हुलाक कार्यालयहरू तथा कारागार कार्यालय नुवाकोट समेतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराएको र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट दुई सय १० वटा दरबन्दी कटौती गरिएको कार्यप्रगति विवरणमा उल्लेख छ ।
यसैगरी, विपद् व्यवस्थापनमा स्थानीय तहलाई सहयोग र सहजीकरण गर्नेगरी समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन प्लेटफर्म (कम्युनिटी बेस्ड डिजास्टर रिस्क म्यानेजमेन्ट–सीबीडीआरएम)को दुईवटा बैठक सम्पन्न गरिएको, चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका जिल्लाका स्थानीय तहमा पूर्वाधार निर्माण तथा वस्तुगत सहायता गर्नेगरी हिमाली क्षेत्र आयोजना सहायता कार्यक्रम ‘प्रोजेक्ट एड टु नेपाल’ सञ्चालनको कार्यविधि तयार गरिएको, विभिन्न तहका कर्मचारीहरूका लागि आवासीय र सेवाकालीन प्रशिक्षणहरू सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया