Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावैतेश्वरमा तीन वर्षे खाद्य तथा पोषण सुरक्षा कार्यक्रम

वैतेश्वरमा तीन वर्षे खाद्य तथा पोषण सुरक्षा कार्यक्रम


काठमाडौं । जिल्लाको वैतेश्वर गाउँपालिकामा तीन वर्षे खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सुरु भएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाअन्तर्गत पालिकाका आठ वटै वडामा कार्यक्रम सुरु गरिएको हो ।

गाउँपालिमा कृषि, पशुपन्छीपालन, पोषण, बाली प्रवर्द्धनलगायतका क्षेत्र काम गर्नेगरी एक सय १६ वटा समूह बनाएर काम सुरु गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइका कृषि अधिकृत गोविन्द मगरले जानकारी दिए । साथै, आयोजनाले मंगलबार वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँग अभिमुखीकरण कार्यक्रम समेत राखेको थियो । कार्यक्रममा गाउँपालिकामा गत साउन देखि नै स्थलगत सर्भे तथा उपभोक्त छनोट गरी समूह गठनलगायतका कार्य सकेर कार्यक्रम सुरु गरेको कृषि अधिकृत मगरले जानकारी दिए । आयोजनाले दोलखाका दुई वटा पालिकाहरू वैतेश्वर र मेलुङ गाउँपालिकामा सो कार्यक्रम सञ्चालन गरेको छ । पालिकामा आगामी तीन वर्षसम्म खाद्य, पोषण, कृषि, पशुपन्छी पालन, दुग्ध उत्पादन, बाली प्रवद्र्धन, साना सिञ्चाइलगायतका क्षेत्रमा लगानी गरेर काम गर्ने आयोजनाले जनाएको छ । उक्त कार्यक्रमको लागि यस वर्ष वैतेश्वरमा तीन करोड ७० लाख बराबरको कार्यक्रम गर्ने अनुमान छ ।

वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षता सञ्चालित अभिमुखीकरण कार्यक्रममा वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, वडा अध्यक्षहरू, कृषि प्राविधिकलगायतले वैतेश्वरमा सञ्चालन हुने कार्यक्रमहरूको सन्दर्भमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पालिकाभित्र कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षामा सहयोग, जलवायु तथा पोषणमैत्री कृषि प्रविधिकणहरूको अनुशरण र प्रचार तथा साना कृषकहरूको क्षमता अभिवृद्धि गर्ने जानकारी दिइएको थियो ।

यस्तै, उत्पादन तथा आयआर्जन र विविधीकरण प्रवद्र्धन गरी बजारमा पहुँच बनाउने साथै सुनौला हजार दिनका आमाहरू र छदेखि २४ महिनासम्मका बच्चाहरूको पोषण स्थितिमा सुधार ल्याउने, स्थानीय खेतीबाली प्रवर्द्धन कार्यक्रम रहने सञ्चालन हुनेछ । आयोजनाको उक्त कार्यक्रममा वैतेश्वरका दुई हजार दुई सय ३० जना कृषकलाई समावेश छन् ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x