Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु

बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु


काठमाडौं । बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईसीआईआई–२०२४ नेपालमा सुरु भएको छ । समावेशी बीमासम्बन्धी अवधारणसहित मंगलबारबाट काठमाडौंमा यो सम्मेलन सुरु भएको हो ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसियसनद्वारा म्युनिख रे फाउन्डेशन तथा माइक्रो इन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा आईसीआईआई–२०२४ को २० औं संस्करण आयोजना गरिएको हो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार यही कात्र्तिक नौ गतेसम्म चल्ने यो सम्मेलनमार्फत न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रीत गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा निष्कर्षसहितको छलफल हुने छ । सम्मेलनको उद्घाटन कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जलवायु जोखिम बीमा लघुबीमा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रमा आइपर्ने अवरोधहरू हटाउने विषयमा सहभागीहरूबीच छलफल केन्द्रित रहने बताए ।

सम्मेलनलाई जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवं अवलम्बनजस्ता मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै विभिन्न कार्यपत्रमाथि छलफल हुने जानकारी समेत अध्यक्ष सिलवालले दिए ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेशसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदारी गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चार सयभन्दा बढीको सहभागिता रहेको अध्यक्ष सिलवालले जानकारी दिए ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x