Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईटेलको धमाका अफर : उपहार पाउन केही खरिद गर्नै नपर्ने

आईटेलको धमाका अफर : उपहार पाउन केही खरिद गर्नै नपर्ने


काठमाडौं । मोबाइल ब्रान्ड आइटेलले बजारमा प्रचलित योजनाहरूभन्दा फरक गरी विशेष योजना ल्याएको छ । यस योजनाअन्तर्गत विभिन्न आकर्षक उपहारहरू जित्न सकिनेछ । उचित मूल्यमा नै अत्याधुनिक फिचर्स भएका स्मार्ट फोन बिक्री गर्ने पहिचान बनाएको आइटेल मोबाइलले अरूभन्दा भिन्न र विशेष ‘चाडपर्वको धमाका अफर, बम्परमा थाइल्यान्डको सफर’ नामक अफर सार्वजनिक गरेको हो । यस अफरमा नेपालमा भएका सबैले भाग लिन पाउनेछन् । भाग लिन केही झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने छैन । सबैले आफूले चलाइरेहेको जुनसुकै स्मार्ट फोनबाट मात्र एक एसएमएस गरेर विभिन्न आकर्षक उपहार जित्न सकिने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत पाँच जनालाई आइटेल ब्रान्डको ए ६० एस स्मार्ट फोन, १० जनालाई आइटेल ब्रान्डको नेक ब्यान्ड र बम्परमा एक ग्राहकले थाइल्यान्ड भ्रमण गर्ने मौका पाउनेछन् ।

यस योजनामा सहभागी हुन आफ्नो मोबाइलमा आइटेल लेखी एक स्पेस दिएर आफ्नो नाम टाइप गरी ३४००१ मा पठाउनुपर्नेछ । यो योजना कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ भने विजेताको घोषणा कात्तिक ३० गते गरिने कम्पनीले जनाएको छ । उत्कृष्ट गुणस्तरका स्मार्टफोनहरू उपलब्ध गराई पहिले नै परिचित ब्रान्ड बनेको आइटेलले यस अफरमार्फत उपभोक्ताहरूसँग गहिरो सम्बन्ध निर्माण गर्ने प्रयास गरिरहेको जनाएको छ । बजारमा महँगो खरिद गर्दा साना उपहार पाइने बेलामा, आइटेल ब्रान्डको सरल र पहुँचयोग्य अफरले सम्पूर्ण उपभोक्ताहरूबीच नयाँ किसिमको अवसर प्रदान गरिरहेको छ । आइटेलको स्मार्ट फोनमा एक सय दिन रिप्लेसमेन्ट वारेन्टी र १२ महिना वारेन्टी पाइने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x