Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान

लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सुनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताअनुरूप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा चार उदीयमान खेलाडीहरूलाई सामेल गराउन लागेको हो । यसरी छनोट भएका चार खेलाडीहरूमध्ये एक जनाले ‘सुपरस्टार’को उपाधि प्राप्त गर्नेछन्, जसले नेपाल प्रिमियर लिगका अरू नामुद खेलाडीहरूसँग खेल्न पाउनुका साथै नगद पुरस्कार एक लाख रुपैयाँ पनि प्राप्त गर्नेछन् । त्यसैगरी बाँकी तीन खेलाडीहरूले ‘स्टार’को उपाधि प्राप्त गर्नेछन् । उनीहरूले लायन्स क्लबको विशेष प्रशिक्षणहरूमा सहभागी हुने अमूल्य अनुभव प्राप्त गर्नेछन् ।

विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरीक्षणमा युवा क्रिकेटरहरूको सिप निखार्दै उनीहरूलाई प्रोफेसनल क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जानकारी दिएको छ । यस अवसरले युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँगै प्रशिक्षण र अभ्यास गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्न तयार बनाउने विश्वास क्लबले लिएको छ । लुम्बिनी लायन्सका मालिक ईश्वर जिसीले यो अभियानअन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस गरेको जानकारी दिए । ‘यसरी छनोट भएका लुम्बिनीका ताराहरूलाई एनपीएलमा समावेश हुने अवसर प्रदान गरिनेछ भने अन्य ३ स्टारहरूलाई पनि टिमसँगै धेरै कुरा सिक्ने मौका मिल्नेछ’, उनले भने ।

यस सुनौलो अवसरको फाइदा लिन चाहने इच्छुक युवा क्रिकेटरहरूले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिंकमा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

क्लबको कोचिङ प्यानलले सबै सहभागीहरूले पठाएका भिडियोहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया सुरु हुनेछ, जसको आधारमा खेलाडीहरूको सीपको स्तर आकलन गरिनेछ । यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूची तयार गरी उनीहरूलाई व्यक्तिगतरूपमा ट्रायलमा सहभागी हुने अवसर प्रदान गरिनेछ । यो अवसरको लागि कात्तिक १८ गतेभित्र आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेका आवेदकहरूको नाम कात्तिक २० गते घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x