Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ बिलियन अमेरिकी डलर

हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ बिलियन अमेरिकी डलर


काठमाडौं । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड भ्यालु २३ बिलियन अमेरिकी डलर पुगेको जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी २०२४ मा कम्पनी संसारकै ३०औँ ठूलो ब्रान्डभित्र पर्न सफल भएको जानकारी दिएको छ ।

इन्टरब्रान्ड्सले तयार पारेको ‘बेस्ट ग्लोबल ब्रान्ड्स २०२४’ मा हुन्डाई परेको हो । कम्पनीले पाँच वर्षमा ब्रान्ड मूल्यमा ६३ प्रतिशत वृद्धि गरेको छ । यस्तै, लगातार दोस्रो पटक ¥याङ्किङमा पनि वृद्धि भएको छ । यस अवधिमा, ब्रान्डले ३६औँबाट ३०औँ स्थानमा उक्लिएको छ । यस्तै, कम्पनीको ब्रान्ड मूल्याङ्कन बढेको हाल लगातार १४औँ वर्ष हो । हुन्डाई मोटरको ब्रान्ड मूल्यवृद्धिमा योगदान पु¥याउने प्रमुख कारकहरूमा कम्पनीको ब्रान्ड भिजन ‘प्रग्रेस फर ह्युम्यानिटी’लाई मूर्तरूप दिने विभिन्न विश्वव्यापी पहलहरू समावेश रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी हुन्डाईको आयोनिक ५ गाडीले सन् २०२४ को ‘वर्ल्ड पर्फर्मेन्स कार’ अवार्ड पाउनु ब्रान्ड भ्यालु बढाउने महत्वपूर्ण कारण रहेको कम्पनीले जनाएको छ । हुन्डाई मोटरले रणनीतिक पहलमार्फत आफ्नो विश्वव्यापी ब्रान्ड प्रभावलाई पनि विस्तार गरेको जनाएको छ । हुन्डाई मोटर ग्रुप इनोभेसन सेन्टर सिङ्गापुर (एचएमजीआईसीएस) को सम्पन्नतापछि, कम्पनीले मेटाप्लान्ट अमेरिका (एचएमजीएमए), नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) प्लान्टजस्ता नयाँ सुविधाहरूको योजनाको साथ भविष्यको गतिशीलतामा विश्वव्यापी प्रभाव सुरक्षित गर्न जारी राखेको छ । उल्सान र साउदी अरबमा पूर्ण नकडाउन कारखाना पनि सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

आर्चरी र फिफालगायत खेलकुद प्रायोजन, ह्विटनी म्युजियम अफ आर्टको प्रायोजन र यसको पहिलो छोटो फिल्म ‘नाइट फिसिङ’को प्रिमियरजस्ता रचनात्मक पहलहरूमार्फत ग्राहक संलग्नतालाई बलियो बनाइएको कम्पनीले जनाएको छ । हुन्डाई मोटरले पनि मिसेलिन स्टार शेफसँगको सहकार्यमा सिंगापुरमा आफ्नो पहिलो रेस्टुरेन्ट ‘ना ओह’ खोलेको छ । यसले रेड डट अवार्डः ब्रान्ड र कम्युनिकेसन डिजाइन २०२४ अवार्डमा धेरै प्रशंसाहरू जितेको थियो । हुन्डाई मोटरले हालै बजार नेतृत्वका लागि मध्यदेखि दीर्घकालीन रणनीति ‘हुण्डाई वे’ सार्वजनिक गरेको छ । कम्पनीले बजारमा लचिलो प्रतिक्रिया दिँदै गतिशीलता र ऊर्जामा केन्द्रित भविष्य सिर्जना गर्न आविष्कार गर्न जारी राख्ने जनाइएको छ ।

सफ्टवेयर र एआईमा आधारित आफ्ना उत्पादन र सेवाहरूलाई निरन्तर बढाउँदै हुन्डाई मोटर मोबिलिटी इकोसिस्टममा परिवर्तनको नेतृत्व गर्न तयार रहेको जनाइएको छ । हुन्डाई मोटर कम्पनीका अध्यक्ष र सीईओ जेहुन चाङले हुन्डाई मोटरले सवारी साधन निर्माणका साथै अन्य प्रकारको गतिशीलतामा विस्तार गरेर गेम चेन्जरको रूपमा आफ्नो स्थिति बलियो बनाउने बताए । कम्पनीको प्राविधिक विकासले मानवताको लागि समृद्ध र अधिक दिगो भविष्य ल्याउने उनको भनाइ थियो ।

इन्टरब्रान्डले वार्षिकरूपमा प्रमुख बहुराष्ट्रिय कम्पनीहरूको मूल्याङ्कन गर्ने गरेको छ । कम्पनीले वित्तीय प्रदर्शनको विश्लेषण, ब्रान्डको भूमिका र ब्रान्डको प्रतिस्पर्धी शक्तिका आधारमा मूल्याङ्कन गर्ने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x