सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरूलाई गैरआवासीय संघको तर्फबाट खाद्य सामग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात् राहत वितरण गरिएको जनाइएको छ । यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । उक्त अवसरमा अध्यक्ष डा. बद्री केसीसहित संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- शैक्षिक सुधारको आवश्यकता
- सगरमाथा बचाउन लागि परौँ
- अध्यादेशबाट राज्य चलाउने गलत अभ्यास
- काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै
- संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गरिने
- दोलखामा ५० प्रतिशतले बढे क्यान्सरका बिरामी
- ‘रास्वपाले हुलहुज्जत गरेर न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्यो’
- सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठन गर्ने तयारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया