लेबनानका बैंकहरुमा इजरायलको हमला
बेरुत । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित बैंकहरूलाई निशाना बनाएर हमाला गरेको छ । इजरायली रक्षा बल (आईडीएफ)ले यसको पुष्टि गरेको छ । टाइम्स अफ इजरायलका अनुसार अल–कर्द अल–हसन एसोसिएसनले हिजबुल्लाह सदस्यहरूलाई ब्याजरहित ऋण उपलब्ध गराउँछ । लेबनानमा यसका ३१ शाखाहरू छन् । यीमध्ये कति शाखामा आक्रमण भएको छ भन्ने जानकारी भने आएको छैन ।
आईडीएफले भनेको छ कि हामीले हिजबुल्लाहलाई युद्धका लागि पैसा उपलब्ध गराउनबाट रोक्न बैंक शाखाहरूलाई लक्षित गर्दैछौँ । अल–कारद अल हसनले इजरायलविरुद्ध हिजबुल्लाहले प्रयोग गरेको ठूलो रकममा पहुँच थियो ।
एक इजरायली गुप्तचर अधिकारीले अल–कारद अल–हसनको पैसा हिजबुल्लाहले आफ्ना लडाकुहरूलाई तलब दिन प्रयोग गरेको बताएका छन् । यो आक्रमण ठूलो घटना हो । यसले हिजबुल्लाहको अर्थतन्त्रमा गहिरो प्रभाव पार्नेछ । उनले भने कि यस बैंकमा हिजबुल्लाहको पैसा छ, तर यसले सबै पैसा ह्यान्डल गर्दैन ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शैक्षिक सुधारको आवश्यकता
- सगरमाथा बचाउन लागि परौँ
- अध्यादेशबाट राज्य चलाउने गलत अभ्यास
- काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै
- संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गरिने
- दोलखामा ५० प्रतिशतले बढे क्यान्सरका बिरामी
- ‘रास्वपाले हुलहुज्जत गरेर न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्यो’
- सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठन गर्ने तयारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया