Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसगरमाथा बचाउन लागि परौँ

सगरमाथा बचाउन लागि परौँ


काठमाडौं । गएको साउन ३२ गते सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकामा पर्ने थामे गाउँमा आएको बाढी पहिरोले पूरै गाउँलाई असर पा¥यो, मानिस बस्नलायक घरहरू बाँकी भएन । त्यसैले तत्कालै उक्त गाउँका मानिसहरूका साथै घरपालुवा जनावरहरूलाई अन्यत्र सारिएको छ । अझ सो बाढीपहिरो रातमा आएको भए ठूलो मात्रामा जनधन घर पालुवा पशुको क्षति हुने थियो । घटना विवरणअनुसार थामे गाउँको शिरमा रहेको स–साना दुई पोखरी फुटेपछि बगेको पानीका कारण अचानक सो बाढीपहिरो आएको थियो । कसैले ध्यान नै नदिएको र जोखिम छ हैै । नभनेको वा जोखिम पूर्ण तालमा नै नगनिएको स–साना दुई पोखरी फुट्दा त त्यो हलचल भयो बिगार गर्यो भने विगत लामो समयदेखि वैज्ञानिकहरूले जोखिमपूर्ण रहेको भनिएको ठूला र जोखिमपूर्ण मानिएका ताल फुटेमा र हिमालबाट हिमपहिरो खसेमा के होला ? खैर यो विषयलाई यहींँ छाडौँ ।

विश्वका धेरै कम मानिसलाई मात्रै थाहा होला कि, सगरमाथा हिमालको भविष्य पनि निकट भविष्यमै अन्धकारमय हुँदैछ भन्ने सम्बन्धमा । हुन पनि सगरमाथा हिमाल पृथ्वीमा रहेका हिमालमध्येमै अग्लो हिमाल हो । त्यसैले गर्दाखेरि यो हिमालको शिरमा एकपटक भए पनि आफूले पाइला राख्ने सपना देख्नु जुनसुकै देशका पर्वतारोहीहरूका लागि अनौँठो होइन । त्यसैले गर्दा हरेक वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका पछिल्लो समय कम्तीमा ४३५–४४५ देखि लिएर ५८०–५९० (६०० प्लसको संख्यामा, टुङ्गो नहुने) जनासम्म विदेशी पर्वतारोहीहरू नै आउन थालेका छन् । त्यसैगरी सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका साथ जाने सहयोगी (सरदार, गाइड–शेर्पा, किचेन ब्वाई, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, कुक, सम्पर्क अधिकृत) समेत गर्दा लगभग १६–१७–१८ सयदेखि २२–२१ सय जनासम्मको ठूलो भीडभाड सगरमाथा हिमालको आधार शिविरमा डेढ महिनादेखि दुई महिनासम्म रहने गरेका छन् ।

हुन पनि नेपाल सरकारले हालसम्म चार सय १४ वटा विभिन्न हिमाललाई पर्वतारोहीहरूले आरोहण गरून् भनी खुला गरेको छ । तापनि सगरमाथा हिमालमै किन पर्वतारोहीहरूको यस्तो भिड हुन्छ ? सरल ढंगले यसको जवाफ दिनु सगरमाथा हिमाल विश्वको एक मात्र ‘आईकोनिक’ हिमालको रूपमा स्थापित भएको छ । त्यसैले गर्दा पनि हालसम्म सगरमाथा हिमाल आरोहण गर्नका लागि सुरुदेखि अहिलेसम्म १९–२० हजारदेखि २१–२२ हजार पर्वतारोहीहरूले (‘रफ’ अनुमान मात्रै हो) अनुमति लिई सके होलान् ? हुन त कतिपय पर्वतारोहीहरूले सगरमाथा हिमाल एक पटकभन्दा बढी अर्थात् दोहोर्याएर, तेहेर्याएर पनि पनि चढेका छन् । कतिपय पर्वतारोहरूले १०औँ, ११औँ, १२औँ, १३औँ, १४औँ, १५औँ, १६औँ, १७औँ, १८ औँ, १९औँ, २१औँ २२औँ, २३औँ, २६औँ, २७औँ पटक आरोहण गरिसकेका छन् । गत वर्ष दुई पटक गरे २८औँ पटक सगरमाथा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका कामीरिता शेर्पाले यसपटक (सन् २०२४ को वसन्त ऋतुमा) समेत एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर ३० पटक सगरमाथा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

भूगर्भविद् तथा वैज्ञानिकहरूका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइस्टोन’ले बनेको हो भने आजभन्दा एक करोड ५१–५२–५३ लाख वर्षदेखि एक करोड ५६–५७ लाख वर्षअघि सगरमाथा हिमालको उत्पत्ति भएको थियो । साथै, यो टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा वा भनौँ सिद्धान्तअनुसार आजको सगरमाथा हिमाल बनेको हो । गुगल सर्चअनुसार टेथिस महासागर आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म पैmलिएको थियो भने त्योबेला (करिब ४० मिलियन वर्षअघि) उत्तरतर्फ सर्दैसर्दै आल्पस पर्वत माला र हिमालय पर्वत माला बनेको हो । त्यस्तै, करिब ८० मिलियन वर्षअघि आजको भारत ६४ सय किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।

त्यस्तै, केही वर्ष अघिसम्म सगरमाथाको उचाइका सम्बन्धमा पनि विवाद हुने गरेको थियो । विसं २०७२ मा नेपाल भूकम्प गएपछि चाहिँ नेपालकै भूगोलविद् र भूगर्भविद्हरूले पनि सगरमाथाको हिमाल बढेको हुन सक्ने भनी कुरो उठाउन थालेपछि नेपाल सरकारले पनि तदारुकताका साथ सगरमाथा हिमालको उचाइ घटेको वा बढेको के हो ? सत्य, तथ्य पत्ता लगाउनका लागि नापी विभागका कर्मचारीहरूको टोली गठन गर्यो । सो अध्ययन टोलीले आफ्नो प्रतिवेदनमा सगरमाथा हिमालको उचाइ पहिलको भन्दा केही सेन्टी मिटर बढेको भनी सरकारलाई आफ्नो अध्ययन प्रतिवेदन बुझायो । त्यही प्रतिवेदनलाई विसं २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिकरूपमा मान्यता थियो । जसमा उत्तरी छिमकी चीन (जुन देशको स्वशासित क्षेत्र तिब्बतमा पनि सगरमाथा पर्छ, सगरमाथा हिमाल नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको छ) ले संयुक्तरूपमा सगरमाथा हिमालकोे नयाँ उचाइ ८,८४८.८६ मिटरलाई मान्यता दिएको छ ।

सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दा सन् सन् १९२२ सुरु भएको देखिन्छ । त्यसयता सन् २०२३ को वसन्त ऋतुसम्ममा नेपाललगायत विभिन्न देशका करिब आठ हजार पर्वतारोहीहरूले (लगभग १२ हजार पटक) सगरमाथा हिमाल आरोहण गरिसकेका छन् । सन् २०२३ मा सगरमाथा हिमालको आरोहण अनुमति जारी गरेबापत ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सलामी रकम नेपाल सरकारको मातहतमा रहेको पर्यटन विभाग संकलन गरेको थियो भने यो वर्ष पनि ५२ करोड नेपाली रुपैयाँ बराबरको सलामी दस्तुर संकल गरिसकेको छ, पर्यटन विभागले । यसरी हेर्दा लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एकपटक जसरी भए पनि ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने !’ अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कयौं देशका पर्वतारोहीहरू । तर सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन र अजर अमर राख्नभन्दा पनि जसरी भए पनि चढ्नैपर्ने रहरको विषय हुन थालेको छ । यसले गर्दाखेरि सगरमाथा हिमाल आरोहण पनि आजभोलि एउटा राम्रो व्यापारका रूपमा फस्टाइरहेको देखिन्छ । जुन कारणले गर्दा सगरमाथा हिमाल आरोहण गर्नका लागि आफ्नो व्यक्तिगत स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, शरीरमा चाहिने स्टामिनाको कमी र हिमाल चढेको (खास गरी सात हजार, आठ हजार मिटरभन्दा अग्लो हिमाल) चढेको अनुभव नभए पनि जे–जसरी भए पनि सगरमाथा हिमाल चढेरै छाड्ने जिद्धीपनसहित पर्वतारोहीहरू आउन थालेका छन् । मौसमले साथ दिएन भने कसैको केही नलाग्ने हुनाले पर्वतारोहीले कयौँ दिन उपयुक्त समय पर्खेर क्याम्प–२, क्याम्प–३ बस्नुपर्ने हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x