Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेक्नोले गर्यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक

टेक्नोले गर्यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक


काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ । ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो ।

स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबीसम्मको र्याम ८ र २५६ जीबी स्टोरेज रहेको छ । स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिन्छ । ५००० एमएएच ब्याट्री क्षमता भएको र १८ वाट फास्ट चार्जिङ सुविधा भएको यस फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिनेछ । साथै, एक हजारभन्दा बढी चार्ज साइकल सुनिश्चित गर्ने टिकाउ ब्याट्री यसमा समावेश गरिएको कम्पनीले जनाएको छ । बम्बलबी एडिसनको आकर्षक डिजाइनले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ । यसको आईपी ६४ धुलो र पानी प्रतिरोध क्षमता फोनलाई टिकाउ र भरपर्दो बनाउँछ । फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधा समेत रहेको छ, जसले यसलाई युनिभर्सल रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकोले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दा समेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्छ । साथै, पाँच वर्षको लामो समयसम्म कुनै ल्यागविना प्रयोगको सुनिश्चितता दिने यो फोन अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा उत्कृष्ट छ । नेपाली बजारमा स्पार्क थटी (८प्लस २५६ जीबी) बम्बलबी एडिसनको मूल्य २२ हजार ९९० रुपैयाँ राखिएको छ भने स्पार्कथटी मोडेलको मूल्य २२ हजार ४९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टेक्नो ब्रान्ड हाल ७०भन्दा बढी देशमा कार्यरत रहेको छ । ‘स्टप एट नथिङ’ नारासहित कम्पनीले आफ्नो उत्पादनहरूको उत्कृष्टता र नयाँ प्रविधिको विकासमा निरन्तर अग्रसर रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x